बजारमा रङ्गीन तिम्रो फोटो टाँसिएको छ
यो नठान कि रङ्गमा हार्दिकता गाँसिएको छ

पोस्टर हो हाँसेछौ बजार हाँसिरहेछ
यो नठान कि पोस्टरले जीवन दिएको छ

आँखा भएर जानेहरु आँखै सामुन्ने फर्किरहे
यो नठान कि समय पोस्टरमा अडिएको छ

बजार छ मनहरुको र त आँखाको धार छ
यो नठान कि खाटाले घाउ सिएको छ
read more
                                                    खबरदार देश खतरामा छ ?
                                                                                                                                     – धनकुटे कान्छा

खबरदार खतरामा देश छ
जनताहरुको इमान्दार संदेश छ

पाइलै पिच्छे देश दुख्छ अचेल
देश दुख्नु अपराधको केस छ

तस्कर कालो बर्दिमा हिड्छ
वकिल सफेद सबुत पेस्छ

बहिरो मुग्ध छ लाटो गीत सुनेर
लङ्गडै लङ्गडाको यहाँ रेस छ

पान थकेझैँ थुक्छ नेता
देश विकासमा ऊ समावेश छ

कसलाई कसको भरोसा यहाँ
धमिराको ढिस्कोमा देश अडेस छ


देश अहिले अत्यन्त सकस पूर्ण परिवेशमा छ । हेर्दा केही नभएको जस्तो तर धेरै कुछ भएको मुर्दा संवेदना पसेको छ अहिले मुलुकमा । यो हुनुमा मुटुमा देश भन्दा राजनीतिको नीजि स्वार्थ लपेटेका हरेक क्षेत्र दोषी छन् । जसको मार हरेक पटक अचानो भएर जनता र देश भोगिरहेछ ।
        यतिखेर मुलुकभित्र नालापानीको युद्ध जस्तै भयंकर युद्ध पसेको छ । पानी आउने मुहान छेकेर कायल पार्न इतिहासका कुपात्रले देशको गद्दारी गरेझैँ अहिले पनि मुलुकका गद्दारहरु देशलाई मुर्दा जस्तै बनाउन उद्धत्त छन् । र जनतालाई छटपटाएर, तड्पाएर विनाशस्त्र जिउँदै मार्न तयार छन् । अर्थात् इतिहासमै हामी मुलुकभित्र खतराको हरेक स्वासफेरिरहेछौँ र टुलुटुलु हेरिरहेछौँ ।
        मुलुकको राष्टिय सङ्कट उग्र राष्टवादले समाधान नपाउन सक्छ । बरु थप जटिलता र थप सकसले सर्वसाधारण र राष्टियताको घाँटी अठ्याउँदै लग्न सक्छ । र अहिले त्यही भइरहेको छ । किनकी आधारभूत रुपमा आत्मनिर्भरताका विकल्पहरु बलियो नहुन्जेल स्वाभिमान खोक्रो नै बन्ने हुन्छ । उत्तरतिरका नाका र तिनको भरपर्दो सडक स्तरोन्नती नगरुन्जेल तिनको शुभेच्छा केवल शुभेच्छा मात्र रहन सक्छ । अर्थात पानी नपर्दा संसारी माईको पूजा गरेजस्तो ।
        देशको यो छटपटीपूर्ण दुःख र कष्टमा मुलुक हाक्ने राजनीति किन संवेदनशील बन्छ सक्दैन ? हो देशको अस्मिता र राष्टियतामा राष्टवादी अडान हुनुपर्छ । जनताको स्वच्छ स्वाभीमान कमजोर हुन दिनुहुँदैन । थिलथिलो बन्नुअघि राजनीति संवेदनशील भएर भारतसँग सार्थक संवाद गर्न जरुरी छ । मधेसमा आन्दोलनरत दललाई वार्ताबाट जिम्मेवार बनाउन आवस्यक छ । न कि कसैको राजनीति महत्वकांक्षा कथित उग्रराष्टवाद तथा वैदेशिक हस्तक्षेपबाट मुलुक र मुलुकवासीले कनै क्षति बेहोर्न नपरोस् । राजनीति र राजनीतिका ठेकेदारलाई यो चेतना भया ।
read more